FAQs Complain Problems

सिगास गाउँपालिका परिचय

सिगास गाउँपालिका परिचय

भुपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेशको पश्चिम भागमा अवस्थित रहेको वैतडी जिल्लाको पुर्वी पहाडी भागमा यो सिगास गाउँपालिका अवस्थित रहेको छ ।

साविकका सिगास‚गाँजरि‚ढुङ्गाड‚थालाकाँडा‚शिवलिङ्ग‚चौखाम गाविस र शिखरपुरका २ वडा मिलाएर हाल सिगास गाउँपालिका बनेको छ । रहनसहन‚लवाईखवाई देखि लिएर रीतिरिवाज परम्परा‚भाषा लगायत सम्पुर्ण कुरा यी ६ गा.वि.स विच मिल्ने भएकाले यी ६ गा.वि.स समावेश गरि एक गाउँपालिको रुपमा सिफारिस गरिएको थियो ।यस सिगास गाउँपालिमा ९ वडा कायम गरि साविकको शिवलिङ्ग गा.वि.स को वडा न ४ गर्जेमा कार्यालको केन्द्र कायम गरिएको छ ।

    धार्मिक पर्यटकीय द्वष्ट्रिले हेर्दा च्वाँगढ क्षेत्रको प्रसिद्ध धार्मिक स्थल सिगास मन्दिरलाई आधार मानि यस गाउँपालिकाको नाम सिगास राखिएको छ । २४५.४४ वर्ग कि.मि क्षेत्रमा फैलिएको यस गाउँपालिकाको कुल जनसङख्या  २०७८ को जनगणना अनुसार २१,८१४ जना रहेको छ, जसमध्ये महिला ५२.६०% र पुरुष ४७.४०% रहेको छ । सिगास गाउँपालिकाको कुल साक्षरता दर ७४.३%छ । समुद्र सतह देखि २२४९ मिटर उचाईमा यो गाउँपालिका रहेको छ ।

भौगोलिक अवस्थिति :

पूर्व : आदर्श गाउँपालिका, डोटी, केरादस्यु गा पा वझाङ्ग जिल्ला

पश्चिम : सूर्नाय गा.पा. ,पाटन नगरपालिका वैतडी जिल्ला

उत्तर : वित्थड चिर गा.पा., वझाङ्ग जिल्ला

दक्षिण : नवदुर्गा गा.पा., डडेल्धुरा जिल्ला

सिगास गाउँपालिकाको हावापानी तथा भु वनावट

हावापानी र जलवायु :

 यस गाउँपालिकाको हावापानी उष्ण प्रदेशिय देखि लिएर समशितोष्ण प्रदेशिय हावापानी भित्र पर्दछ।

वनावट :

यस गाउँपालिकाको भूगोल भिरालो जमिन र धेरै जसो कडा चट्टान र वनजंगलले घेरेको छ। कुनै ठाउँमा चिम्टाईलो,पाङगो माटोका साथै धेरै कंकडयुत्त माटो पाईन्छ। त्यसैले माटोको उर्वरा शक्तिमा पनि विविधता पाईन्छ।